नियम
थुनुवा वा कैदीको अभिलेख राख्नुपर्ने
(१) कारागार कार्यालयले नियम ४ को उपनियम (१) बमोजिम अड्डा अदालतले पठाएका थुनुवा वा कैदीको तस्वीर र औंलाको छापसमेत लिई त्यस्तो थुनुवा वा कैदीको अभिलेख अनुसूची १ बमोजिमको लगत फाराममा भरी पानै पिच्छे जेलर र फा“टवालाले सही गरी राख्नु पर्नेछ ।
(२) कुनै थुनुवा वा कैदी म्याद पुगी वा रुपैया“ तिरी वा माफी मिन्हा पाई थुना वा कैदबाट छुटेमा वा मरेमा वा भागेमा समेत लगत फाराममा सोही व्यहोरा जनाई लगत कट्टा गरी जेलर र फा“टवालाले सही गरी राख्नु पर्नेछ । म्याद पुगी छुटी गएकोमा बाहेक अन्य अवस्थामा लगत कट्टा भएकोमा सो कुराको सूचना थुन्ने अड्डा अदालतलाई दिनु पर्नेछ ।